बिहीबार, फागुन २१, २०८२

फ्रान्समा मंकीपक्सविरुद्धको खोप अभियान चलाइने

फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मंकीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

पेरिस- विश्वका धेरै देशमा फैलिएको मंकीपक्स विरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ।  

फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मंकीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो।  

फ्रान्समा यो घोषणा हुँदासम्म तीन जनामा मात्रै मंकीपक्सको सङ्क्रमण देखिएको र अव फैलिन सक्ने उच्च खतरा रहेको निश्कर्षसहित अभियान सुरु गरिएको अधिकारीहरूले जनाएका छन्। 

प्राधिकरणले जारी गरेको प्रेस वक्तव्यमा वयस्क र स्वास्थ्यकर्मीहरु यसको जोखिममा रहेकाले खोप पनि उनीहरुलाई केन्द्रित गर्ने उल्लेख गरिएको छ। 

सङ्क्रमित भएको व्यक्तिसँग ४ दिनदेखि १४ दिनसम्मको अवधिमा भौतिक सम्पर्क हुनु जोखिमपुर्ण भएकाले त्यही बेलामा खोप लगाउने व्यवस्था गर्न लागेको जनाइएको छ। 

kumari

प्राधिकरणका अधिकारीहरूले खोपको आवश्यकता परेको व्यक्तिलाई दुई वा तीन डोजको आवश्यकता पर्ने पनि जानकारी दिएका छन्। 

विश्वका धेरै देशमा यसको सङ्क्रमितहरू फैलिदै गएपछि नयाँ त्रास सृजना भएको छ। कतिपय देशहरुले यस बारेमा सतर्कता अपनाउन थालिसकेका छन्। 

प्रकाशित: May 26, 2022| 05:30 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।