बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • डब्लूएचओ प्रमुखमा पुन: निर्वाचित भएपछि टेड्रोसको आँखामा आँशु

डब्लूएचओ प्रमुखमा पुन: निर्वाचित भएपछि टेड्रोसको आँखामा आँशु

निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँशुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका छन्। निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँशुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो।  

विश्व स्वास्थ्य संगठनको मुख्य वार्षिक सभामा उनको पुनः निर्वाचनबारे घोषणा गरिएको हो। उनलाई निर्वाचन हुनका लागि आवश्यकता भन्दा अत्यधिक धेरै अर्थात् करिब ९७ प्रतिशत मत प्राप्त भएको वार्षिक सभामा जानकारी गराइएको छ। उनलाई मतदानमा सहभागी १६० मध्ये १५५ मत प्राप्त भएको जनाइएको छ। 

निर्वाचनपछि सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो सहयोग देखेर म साह्रै विचलित छु। म डब्लुएचओको नेतृत्वमा पुनः निर्वाचत हुँदा मलाई साँच्चै गर्वको महसुस भएको छ।”

इथियोपियाली भूतपूर्व स्वास्थ्य तथा विदेशमन्त्री कोभिड–१९ महामारीप्रति विश्वव्यापी प्रतिक्रियाको प्रमुख कारण विश्वभरि चिरपरिचित अनुहार बनेका छन्। 

५७ वर्षीय औलो विशेषज्ञले युक्रेनमा भएको युद्धले विश्वको परिवेशलाई असर गरिरहेको भन्दै यसबारे सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक प्रस्तुत हुनेमा उहाँले विश्वास व्यक्त गरे। निर्वाचनपछि उनले आफू विश्वमा न्याय स्थापनाका लागि प्रतिवद्ध रहने बताएका थिए। 

kumari

उनले यसै सन्दर्भमा ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर भएको’ उद्गारलाई उद्धृत गर्दै आफूले बाँकी जीवनलाई पनि यसै भनाइबाट निर्देशित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रकाशित: May 26, 2022| 05:00 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।