बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टेक्ससस्थित एक विद्यालयमा गोली प्रहार, शिक्षकसहित १४ बालबालिकाको मृत्यु

टेक्ससस्थित एक विद्यालयमा गोली प्रहार, शिक्षकसहित १४ बालबालिकाको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तिमा १४ जना विद्यार्थीको ज्यान गएको छ।
 |  बुधबार, जेठ ११, २०७९

बीबीसी

बीबीसी

बुधबार, जेठ ११, २०७९

काठमाडौं- अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तिमा १४ जना विद्यार्थीको ज्यान गएको छ।

National life

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्।

अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बीबीसीमा उल्लेख छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका विवरण सार्वजनिक भएको पनि याबटले जानकारी दिए। उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 25, 2022| 06:22 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।