बिहीबार, फागुन २१, २०८२

बेलायतका १५४ सांसदलाई रुस प्रवेश गर्न नदिइने

बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ। रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

मस्को - बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ। रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।  

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको बुझिएको छ। 

गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ।  केही देशको समर्थन र केही देश मौन रहेपनि रुसी आक्रमणका बारेमा अधिकांश देशहरूले विरोध नै जनाएका छन्।  

संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै आएका छन्।  

विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूको आग्रहमा सुरुमा केही चरणमा दुई पक्षका बीचमा वार्ता भएपनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।  

kumari

पछिल्लो समयका वार्ता र छलफलको क्रम पनि रोकिएको भन्दै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ।  वार्ताबाट समस्याको समाधान खोज्न चौतर्फी दवाव परेपनि रुस र युक्रेन दुवै देशले आ आफ्नै अडान कायम राखेकाले वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको हो।  

युद्धका कारण धेरै जनधनको क्षति भएको छ भने अन्तर्राष्ट्रिय बजार र राजनीतिमा समेत नकारात्मक असर परेको छ।   


प्रकाशित: May 25, 2022| 05:55 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।