बिहीबार, फागुन २१, २०८२

विदेशी आतंकवादी लडाकु कार्य समूहको बैठक कुबेतमा

अन्तरराष्ट्रिय सहयोग र विकासका लागि कुवेतका सहायक विदेशमन्त्री हमाद अल-मशानले उद्घाटन समारोहमा शान्ति र आतङ्ककारी समूहहरू विरुद्ध लड्न अन्तरराष्ट्रिय प्रयासहरूका लागि आफ्नो देशको समर्थनमा जोड दिएका छन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

कुवेत- कुवेतको राजधानी कुवेत सिटीमा मंगलबार विदेशी आतङ्कवादी लडाकु  कार्य समूहको बैठक आयोजना गरिएको छ।

अन्तरराष्ट्रिय सहयोग र विकासका लागि कुवेतका सहायक विदेशमन्त्री हमाद अल-मशानले उद्घाटन समारोहमा शान्ति र आतङ्ककारी समूहहरू विरुद्ध लड्न अन्तरराष्ट्रिय प्रयासहरूका लागि आफ्नो देशको समर्थनमा जोड दिएका छन्।

'आतंकवादी धम्कीका सबै स्रोतहरूलाई रोकेर द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति हासिल गर्न बैठक महत्त्वपूर्ण छ,' उनले भने, 'एफटीएफहरूबाट हुने क्षतिको सामना गर्नका लागि स्पष्ट संयन्त्र खोज्नुका साथै संयुक्त र रणनीतिक प्रयासलाई अगाडि बढाउँने लक्ष्य राखिएको छ।' 

 चरमपन्थी इस्लामिक स्टेट (आईएस) विरुद्धको प्रभावकारी भूमिकाको पालना गर्दै कुवेतले आतंकवादको वित्तपोषण विरुद्ध लड्न अन्तरराष्ट्रिय समुदायसँग संयुक्त प्रयास गरेको छ।

एकदिवसीय बैठकमा आगामी अवधिका लागि सबै मुख्य चुनौतीहरू र आईएस विरुद्धको अन्तरराष्ट्रिय गठबन्धनमा सदस्यहरू बीच समन्वय र सूचना आदानप्रदानको महत्त्वबारे पनि छलफल हुने उनले बताए।

kumari

कुवेत, टर्की र नेदरल्यान्ड्सको नेतृत्वमा रहेको एफटिएफ कार्य समूहको बैठक ८५ सदस्यीय गठबन्धनको समर्थनमा रहेको कुवेत समाचार एजेन्सीले जनाएको छ।

प्रकाशित: May 24, 2022| 23:40 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।