बिहीबार, फागुन २१, २०८२

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख चीन भ्रमणमा

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेट सोमबार चीन आइपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेट सोमबार चीन आइपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

चीनको भ्रमणका क्रममा चीनका नेता तथा सम्बन्धित विभागका प्रमुखहरूले बाचेलेटसँग भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा  जनाकारी दिएका छन्।

ब्याचेलेटले दक्षिण चीनको ग्वाङ्डोङ प्रान्त र उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको समेत भ्रमण गर्ने र समाजका सबै क्षेत्रका मानिसहरूसँग  विचार आदानप्रदान गर्ने उनले बताए। 

बाचेलेटको भ्रमणले दुई पक्षबीचको विचार आदान-प्रदान र सहयोगलाई थप प्रवर्द्धन गर्ने र अन्तरराष्ट्रिय मानवअधिकारका मुद्दालाई अगाडि बढाउन सक्रिय भूमिका खेल्ने चीनको आशा रहेको वाङले उल्लेख गरेका छन्।

प्रकाशित: May 23, 2022| 23:30 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।