बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • वायु प्रदूषणले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ : अध्ययन

वायु प्रदूषणले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ : अध्ययन

‘बायोलोजिकल साइकियाट्री’ पत्रिकामा प्रकाशित रिपोर्टअनुसार पीएम २.५, भू-स्तरीय ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता वायु प्रदूषणले ‘न्युरोटक्सिक’ प्रतिक्रियाहरू ल्याउनसक्ने र यसले मानव ज्ञानेन्द्रिय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- २.५ पीएमको वायु प्रदूषणको दीर्घकालीन जोखिमले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ र असामयिक रूपमा अल्जाइमर रोग लाग्न सक्ने नयाँ अध्ययनले देखाएको छ।

‘बायोलोजिकल साइकियाट्री’ पत्रिकामा प्रकाशित रिपोर्टअनुसार पीएम २.५, भू-स्तरीय ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता वायु प्रदूषणले ‘न्युरोटक्सिक’ प्रतिक्रियाहरू ल्याउनसक्ने र यसले मानव ज्ञानेन्द्रिय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएको छ।

चीनको सांघाईको फुदान विश्वविद्यालयको हुआशान अस्पतालका चिनियाँ अनुसन्धानकर्ताहरूको नेतृत्वमा अन्तर्राष्ट्रिय टोलीले वायु प्रदुषणका कारण निम्तिने संज्ञानात्मक ह्रासको जोखिमबारे अध्ययन गरी रिपोर्ट तयार पारेको हो। 

उक्त अध्ययनले स्वास्थ्य र बुढ्यौलीसम्बन्धी सर्वेक्षणमा ३१ हजार ५७३ सहभागीहरूको तथ्याङ्क, चिनियाँ देशान्तर स्वस्थ दीर्घायु सर्वेक्षण र अल्जाइमर रोगसम्बन्धी गरेको अध्ययनमा एक हजार १३१ सहभागीहरूको तथ्याङ्क प्रयोग गरिएको बताइएको छ।

रिपोर्ट अनुसार प्रति घन मिटर पीएम २.५ को २० माइक्रोग्रामको वृद्धिले गर्दा संज्ञानात्मक ह्रास हुने खतरा १० प्रतिशत बढ्न सक्छ अनि जमिनको सतहको ओजोन र नाइट्रोजन डाइअक्साइडको जोखिमले गर्दा खतरा बढी हुन्छ तर यसको कुनै उल्लेखनीय अनुमान छैन।

kumari

उक्त अध्ययनले देखाएअनुसार पीएम २.५ को दीर्घकालीन जोखिमले गर्दा संज्ञानात्मक ह्रास हुने खतरा हुने र यसले अल्जाइमर रोगको खतरा बढाउने सम्भावना रहन्छ। 

प्रकाशित: May 24, 2022| 05:45 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।