बिहीबार, फागुन २१, २०८२

दक्षिण नाइजेरियामा अपहरणमा दुई अधिकारी मृत फेला

नाइजेरियाका एक राज्यका गभर्नरले आइतबार दक्षिणी राज्य अनम्ब्रामा अज्ञात बन्दुकधारीहरूले अपहरण गरेका दुई अधिकारीको मृत्यु भएको पुष्टि गरेका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

नाइजेरिया- नाइजेरियाका एक राज्यका गभर्नरले आइतबार दक्षिणी राज्य अनम्ब्रामा अज्ञात बन्दुकधारीहरूले अपहरण गरेका दुई अधिकारीको मृत्यु भएको पुष्टि गरेका छन्।

राज्यको विधान सभाको सदस्य सहित दुई अधिकारीको शव शनिबार राज्यको नेवी दक्षिण स्थानीय सरकार क्षेत्रको एउटा गाउँ नजिकै भेटिएको  अनम्ब्राका गभर्नर चुकुमा सोलुडोले विज्ञप्तिमार्फत  सार्वजनिक गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यी दुईलाई मे १५ मा राज्यको अनाओचा स्थानीय सरकारी क्षेत्रको सडकबाट अपहरण गरिएको थियो। सोलुडोले हत्याको निन्दा गर्दै स्थानीय बासिन्दाहरूलाई अपहरणकारीहरूलाई पक्रन मद्दत गर्न आह्वान गरेका छन्।

'अनाम्ब्राले अन्धकारका शक्तिहरू विरुद्ध जित्नेछ। म अनाम्ब्रा जनतालाई अपराधीहरू विरुद्धको चौतर्फी युद्धको लागि तयार हुन आग्रह गर्दछु,' उनले भने।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियामा सशस्त्र आक्रमणहरू बारम्बार  हुने गर्दछन् जसले गर्दा सर्वसाधारणको मृत्यु र अपहरण शृंखलाबद्ध रूपमा हुने गर्दछ। 

kumari

प्रकाशित: May 23, 2022| 04:30 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।