काठमाडौं- श्रीलंकाले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले जनाएको छ।
गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रतिशत भन्दा बढीको गिरावट भएको बैंकद्वारा आइतबार सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ।
सन् २०२१ को जनवरीदेखि अप्रिलको बीचमा श्रीलङ्काले कामदारको रेमिट्यान्समा २.३८ अर्ब डलर प्राप्त गरेको थियो। उक्त रकम यो वर्ष १.०३ अर्ब डलरमा झरेको छ।
यसैबीच सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलङ्काले पर्यटनबाट छ करोड २६ लाख ४० हजार डलर कमाएको थियो। गत वर्षको सोही अवधिमा यो रकम ३६ करोड डलर रहेको थियो।
पर्यटन र श्रमिकको रेमिट्यान्स श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो। दक्षिण एसियाली मुलुकले सन् २०२१ मा ५.५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो। यो २०२० मा ७.१ अर्ब डलरबाट २३ प्रतिशतले घटेको थियो।
श्रीलंकाले सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको थियो। सन् २०१९ मा भएको बम विस्फोटनपछि उक्त सङ्ख्या १.९ मिलियनमा झरेको थियो। सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण यो सङ्ख्यामा थप घटेको थियो।