आइतबार, मंसिर १७, २०८०

प्रश्नले पनि अन्याय गर्दैछ बलात्कार पीडितलाई

संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कारमा) प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।
 |  शनिबार, जेठ ७, २०७९
averest bankaverest bank

नवीन अभिलाषी

नवीन अभिलाषी

शनिबार, जेठ ७, २०७९

sagarmatha cement
मेरो एउटा सर्कल छ, जो डिग्रीधारी छ। तर, सामाजिक मुद्दाहरूबारे पूर्णतया बेखबर छ। उनीहरू सामाजिक संरचना र यसको निर्माणबारे पढे, लेखेर सर्टिफिकेट त प्राप्त गरेका छन्। तर, यसबाट हामी कसरी प्रभावित छौं भन्नेबारे अनविज्ञ छन्।

उनीहरू सहजै सोच्छन् र भन्छन्, ‘बलात्कार पीडितले आठ वर्ष अगाडि किन नबोलेको?’ अर्थात्, ‘बलात्कार थियो भने पहिल्यै बोल्नु पर्ने थिएन?’

जस्तो कि  ‘यो छुवाछूत भन्ने कुरा विस्तारै परिवर्तन भइहाल्छ नि।’

‘म नर्स भएर के गर्नु, महिनावारी भएको बेला घरकाले पूजाकोठामा जान दिनुहुन्न।’

यी प्रवृत्तिहरूबारे मैले आम मानिसको कुरा गरिरहेको छैन। कुरा उनीहरूको गरिरहेको छु, जसलाई समाजले बौद्धिक भनिरहेको छ। यसरी सोच्दा बौद्धिक जनशक्ति नेपालमा अझै कम छैन। अछाम घटनामा पीडितलाई नै जेल हाल्ने परिस्थितिको निर्माण होस् या पल शाह प्रकरणमा नाबालिकालाई नै दोषी देख्नेहरूको हुलहुज्जत। यस्तो विचारको निर्माण कसरी हुन्छ? यो प्रश्नको उत्तर नै वर्तमान सामाजिक संरचनाको जग हो, जहाँ हामी उभिएका छौं।

अलिकति मिहिन र गहिरो गरी विषयको सुरुवात गरौं। संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कार)मा प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।

कञ्चनपुरकी निर्मला होस् या बैतडीकी भागीरथी, उनीहरूमाथि भएको हिंसा बाहिर आउन उनीहरूले मर्नुपर्‍यो, उनीहरू जिउँदो भएको भए सायदै हामीले थाहा पाउँथ्यौँ।

फेरि त्यही प्रश्न, त्यो बलात्कारी मानसिकताको निर्माण कसले गरिरहेको छ? अझै केलाएर भनौं, बालक बलात्कारी किन हुन्छ? बालक किन हुँदैन? अर्थात् बालकको तुलनामा बालिका किन कमजोर बन्छन्? एक वाक्यमा यसको उत्तर नभए पनि सामाजिकीकरणको जुन संरचना छ, त्यो पितृसत्तात्मक छ। त्यसले महिलालाई कमजोर करार गर्छ। जस्तो कि तपाईं जतिसुकै पृथक र परिवर्तित चाहना राख्नुस्, तर साँचो पुरानै छ भने तपाईंले बनाइरहेको इट्टा पुरानै संरचनाको निर्माण हुन्छ।

जसलाई समाजले बौद्धिक भनिरहेको छ। यसरी सोच्दा बौद्धिक जनशक्ति नेपालमा अझै कम छैन।

यो एकाध पुरुष वा महिलाको आनीबानी व्यवहारको विषय होइन। यो सिंगो व्यवस्थाको कुरूप र विद्रुप प्रवृत्तिको विषय हो। पुरुषलाई बलियो र महिलालाई सुन्दर कोमल बनाउने परम्पराहरूको विषय हो। संरचनाको अंश हाम्रै घरआँगन, विद्यालय, गाउँ, त्यहाँको राजनीति र कानुन हो, संस्कारहरू हो। दाजुले दूधभात खाएको थाल माझ्न लगाउने आमादेखि बलात्कारको मुद्दामा हदम्यादको कानुन बनाउने विधायकहरू यसका हिमायती हुन्।   

नेपाली समाजले बालिका तथा महिलामाथि हुने डरलाग्दो यौन हिंसालाई महिला पुरुषको बीचमा हुँदै आएको र चलिआएको सामान्य क्रियाकलाप (दुर्घटना पनि होइन)को रूपमा स्वीकार गर्न सिकाउँछ। यो नियति वा नियम नै हो। मानौं बालिकाले सहनपर्छ। अनुमान मात्र गरौं, हालै सतहमा आएको ८ वर्षअघिको बलात्कारको घटनाको पीडितको तहमा नपुगेका कति बालिकाहरू यो विक्षिप्ततामा बाँच्न विवश होलान्, जो वर्षौदेखि औषधि खाएर ठिक हुने कल्पना गरिरहेका छन्। अर्थात् कतिले थेरापीको वातावरणसम्म पाएका छैनन्।

भारतीय महिला अधिकारकर्मी डा. मधुमिता पाण्डेले लेखेकी छन्, ‘जबसम्म अवस्था नियन्त्रण बाहिर जाँदैन, तबसम्म कसैको ध्यान जाँदैन।’ कञ्चनपुरकी निर्मला हुन् या बैतडीकी भागीरथी, उनीहरूमाथि भएको हिंसा बाहिर आउन उनीहरूले मर्नुपर्‍यो, उनीहरू जिउँदो भएको भए सायदै हामीले थाहा पाउँथ्यौँ। झण्डै आठ वर्षको चरम निराशा, विक्षिप्तता, बर्बरता र मृत्युवरणको निकट सानिध्यतापछि नियन्त्रण बाहिर पुगेर मात्रै एक पीडितले भर्खरैमात्र बोल्ने हिम्मत गरिन्। होइन भने त फेमिनिष्टि मानिने माल्भिका सुब्बाहरूलाई नै यो बलात्कार लाग्न सकेन। नेपाली समाजको संरचना र यसका स्वरूप यिनै हुन्।   

वर्तमान नेपाली समाजमा यस्ता व्यक्तिहरू किन पनि डरलाग्दा हुन्छन् भने पितृसत्ताले निर्माण गरेको विभिन्न फर्मबाट उदाएर समाजमा फेमिनिष्टको रूपमा चिनिन्छन्।

अब शीर्षकले छोएको विषयमा प्रवेश गरौं। किन ढिलो गरी बोल्छन् पीडित? किन ढिलो गरी खुल्छन्? यसको सम्पूर्ण जवाफ पीडितले नै सार्वजनिक गरेको भिडियो क्लिपहरूले भन्छ। अब न्याय प्राप्तिको आभास नै हुन्न, पीडित आफैंले सामाजिक लाञ्छनाको सिकार हुनुपर्छ, विभेद र बहिष्करणमा पर्नुपर्छ, रहिआएका सम्बन्धहरू सकिने जोखिम हुन्छ र अन्ततः जीवनकै असुरक्षा हुन्छ भने किन बोल्छन् त? कसरी खुल्न सक्छन् त?

भारतीय महिला अधिकारकर्मी डा. मधुमिता पाण्डेले लेखेकी छन्, ‘जबसम्म अवस्था नियन्त्रण बाहिर जाँदैन, तबसम्म कसैको ध्यान जाँदैन।’

यहाँसम्म कि बलात्कारीलाई झापड लगाएर कथित मर्दाङ्गी देखाएको ब्याइफ्रेण्डले पछि आफैँ पनि बलात्कार गर्न थाल्छ। अनि छोरी बहिनीको योनीमा इज्जत राखेर बाँचेको समाजले कसरी बोल्न दिन्छ? तत्काल प्रतिकार गर्ने आधार नभेटेपछि पीडितले कसरी जीवनको सामना गर्नुपर्छ? त्यसको ताजा उदाहरण सार्वजनिक भएको पछिल्लो घटना हो। मलाई दुख्यो मात्र भन्न पनि उनलाई आठ वर्ष लाग्यो।
मिडिया पर्सनालिटी, सामाजिक अभियन्ता तथा महिला अधिकारकर्मीको रूपमा बहस गर्दै हिँड्नेलाई नै पीडितको याचना नाटक किन लाग्छ? दर्दनाक यथार्थ उनको समस्या किन लाग्दैन? अनि कसरी बोल्ने हिम्मत गर्छन् त कलिला किशोरीहरु?

माल्भिकाहरू ती फेमिनिष्ट हुन्, जो मानवीय मूल्य र चेतना भन्दा निक्कै पर एउटा कमजोर धरातलमा शारीरिक आवरणको नापका आधारमा निर्माण भएको शक्तिलाई प्रयोग गर्छन्। माल्भिका पनि एक प्रतिनिधि फेमिनिष्ट पात्र हुन्, जो एउटा मिमित सन्दर्भबाट समाजमा आएकी हुन्। यहाँ राजनीति होस् या पत्रकारिता त्यस्तो कुनै क्षेत्र छैन, जहाँ डिप्रेसनमा नगएका किशोरी होउन् र त्यसको नजर अन्दाज गर्ने माल्भिकाहरू।  

वर्तमान नेपाली समाजमा यस्ता व्यक्तिहरू किन पनि डरलाग्दा हुन्छन् भने पितृसत्ताले निर्माण गरेको विभिन्न फर्मबाट उदाएर समाजमा फेमिनिष्टको रूपमा चिनिन्छन्। तर, संरचनागत रूपमा पीडकलाई बलियो बनाउन काम गरिरहेका हुन्छन्। जस्तो कि पल साह प्रकरणमा खुलेर पीडकको पक्षमा बोलेकी चल्तीकी नायिका अहिले सार्वजनिक भएको घटनामा कसरी स्तब्ध बन्न सक्छिन्? यो पूरै हास्यास्पद छैन?

अब एउटा प्रश्न आफैले आफैलाई गरौं। बलात्कार र यौन हिंसा पीडित किशोरी बालिका किन छिटो बोल्न सक्दैनन्? उनीहरूलाई बोल्न नदिनेगरी सिर्जना हुने वातावरणमा म, तपाईं वा हामी छौं कि छैनौं?
प्रकाशित: May 21, 2022| 14:34 शनिबार, जेठ ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैंलाई प्रश्न सोध्न पनि जरुरी छ। यो प्रसंग-विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ...
सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लैजाने कुरा सही हुन सक्दैन।
यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि जसरी पनि गर्न पाइने भन्ने व्याख्या हुने हो भने अब लोकतन्त्रको विश्वसनियता उपर पनि प्रश्न तेर्सिन सक्छ। सबै सामाजिक सञ्जालहरुको...
नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ। त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन। त्यसैले सरकार...
सामाजिक सद्‍भाव बिगार्ने टिकटक कि मानिस?

सामाजिक सद्‍भाव बिगार्ने टिकटक कि मानिस?

सामाजिक सञ्‍जालको प्रयोग गरेर घृणा फैलाउने तथा अपराध गर्ने काम बढी छ भने त्यो देशको राजनीतिक दल तथा सरकारको असफलता पनि हो। त्यसैले सरकारले टिकटक...