नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन्।
अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेपछि आज रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले भने, 'कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ।'
आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उनले जिकिर गरे। मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने, 'अहिलेसम्म के भयो मलाई जानकारीमा छैन। कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ।'
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।