आइतबार, असोज ११, २०८३

नारायणी पुलमा ठूला सवारी साधन रोकियो

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

चितवन । नारायणी नदीको बहाव अत्यधिक बढेपछि गैंडाकोटस्थित नारायणी पुलमा ठूला तथा मालवाहक सवारी साधनको आवागमन रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार असोज ११ गते दिउँसो करिब १:१५ बजे नारायणी नदीको बहाव अत्यधिक बढेपछि गैंडाकोट नगरपालिका–२ स्थित नारायणी पुलको मुखमा पूर्व–पश्चिम राजमार्गमा आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो।

त्यसपछि दिउँसो १:४० बजेदेखि लोड तथा ठूला सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ। साना सवारी साधन तथा सर्वसाधारणलाई भने सम्झाइबुझाइ गरी आवागमन गर्न दिइएको प्रहरीले जनाएको छ।

नारायणी नदीको बहाव बढिरहेकाले पुल क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: Sep 27, 2026| 17:00 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्