शुक्रबार, असार ५, २०८३

माधवकुमार नेपालको सांसद पद निलम्बन

 |  बिहीबार, जेठ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी सांसद पदबाट निलम्बित भएका छन्। नेपाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट-१ बाट विजयी भएका थिए ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका कर्मचारी, पदाधिकारी मुद्दाको किनारा नलागेसम्म स्वत: निलम्बन हुने व्यवस्था छ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ७० लाख रुपैयाँ बिगो कायम गरिएको छ।

अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा उनीमाथि मुद्दा दर्ता गरेको हो। नेपालसँगै पूर्वमन्त्री, पूर्वसचिव लगायत ९२ जना यसमा जोडिएका छन्। 

Shivam cement

नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा लागेको यो पहिलो पटक हो।

 

प्रकाशित: Jun 05, 2025| 13:52 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्