मंगलबार, वैशाख २५, २०८१

विराटनगरको मेयर-उपमेयरमा निर्वाचित कोइराला र कार्की को हुन्?

राजनीतिलाई सेवाका रूपमा आत्मसाथ गरेर अगाडि बढिरहेको बताउने कोइरालाले पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  शनिबार, जेठ ७, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, जेठ ७, २०७९

विराटनगर- विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नवनिर्वाचित नागेश कोइरालाले युनिभर्सिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। उनी नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत हुन्।

triton college

विराटनगरमा कोइराला परिवारबाट महानगरको प्रमुख हुने उनी तेस्रो नेता भएका छन्। २००७ सालको जनक्रान्तिले केशवप्रसाद कोइरालालाई विराटनगरमा नेपाल प्रजातन्त्र सामयिक सरकारको प्रमुखमा नियुक्त गरेको थियो। केशवप्रसाद २०१४ सालमा गरिएको स्थानीय निर्वाचनमा विराटनगरका प्रमुख चुनिएका थिए। प्रजातन्त्रको पुनःस्थापनापछि २०४९ सालको निर्वाचनमा अशोक कोइराला प्रमुख पदमा निर्वाचित भएका थिए। 

पाँच दलीय गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित कोइरालाको जन्म २०३० साल जेठ ३१ गते विराटनगरमा भएको हो। 

समृद्ध विराटनगर हरियाली सहितको विराटनगर, आत्मनिर्भर विराटनगर र सुरक्षित विराटनगर बनाउने योजना रहेको नवनिर्वाचित मेयर कोइरालाले पुनः प्रतिबद्धता दोहर्‍याएका छन्।

२०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष हुँदै २०५६ सालमा सभापति भएका उनी २०६६ सालमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिव र २०७८ मा सम्पन्न १४औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए। पार्टीको निर्वाचितमा अपराजित हुँदै आएका उनी विराटनगरको महानगरको मेयरमा पनि अपराजित नै रहे। 

रोटरी क्लब अफ विराटनगर मिट टाउनको अध्यक्ष र राउण्ड टेवल–५ विराटनगरको अध्यक्षको जिम्मेवारीसमेत पूरा गरिसकेका कोइराला महेन्द्र माध्यमिक विद्यालय विराटनगरको व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष भएका थिए। 

corrent noodles
Metro Mart

राजनीतिलाई सेवाका रूपमा आत्मसाथ गरेर अगाडि बढिरहेको बताउने कोइरालाले पाँच वर्षभित्र विराटनगरवासीले गर्व गर्न लायक विराटनगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

मेयरमा विजयी नागेश कोइराला

समृद्ध विराटनगर हरियाली सहितको विराटनगर, आत्मनिर्भर विराटनगर र सुरक्षित विराटनगर बनाउने योजना रहेको नवनिर्वाचित मेयर कोइरालाले पुनः प्रतिबद्धता दोहर्‍याएका छन्। करको दायरा बढाउने र कर घटाउने यो महत्त्वपूर्ण विषय भएको उनको भनाई छ। विराटनगरमा डुबानको ठूलो समस्या  छ। डुबानको समस्यालाई समाधान गर्नको पदभार ग्रहण लगत्तै काम सुरु गर्ने उनले बताए। उनले भने, ‘मेरो पहिलो निर्णय करको दर घटाउने, दायरा बढाउने हुनेछ।’

फेसन डिजाइनरदेखि उपमेयरसम्म 

नेकपा एमालेबाट विराटनगर महानगरको उपमेयरमा निर्वाचित शिल्पा निराला कार्की अंग्रेजी विषयमा स्नातकोत्तर छन्। कार्की एमाले विराटनगर महानगर कमिटीकी उपाध्यक्ष हुन्।

राजनीतिका अलावा विभिन्न व्यावसायिक संठनमा समेत क्रियाशील उनी नेपाल घरेलु तथा साना उद्योग संगठन प्रदेश १ को महिला विभागको संयोजक हुन्। २०३५ मंसिर २४ मा सिराहाको लहानमा उनको जन्म निराला परिवारमा भएको हो। विद्यालय तहको अध्ययन लहानमै गरेकी उनले कोसी क्याम्पस विराटनगरबाट प्लस टु, महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र स्नातकोत्तर क्याम्पस विराटनगरबाट अंग्रेजीमा स्नातकोत्तर गरेकी छन्। 

उपमेयरमा निर्वाचित शिल्पा निराला कार्की 

बुटिक व्यवसायमा बढी रुचि राख्ने निराला कार्कीले फेसन डिजाइनमा समेत डिप्लोमासम्मको अध्ययन पुरा गरेकी छन्। नेपाली कच्चा पदार्थमा आधारित विभिन्न वस्तुहरू युरोप र अमेरिकी मुलुकहरूमा निर्यात गर्ने काममा उनी सक्रिय रहँदै आएकी थिइन्। 

राजनीतिमा सक्रिय केही व्यक्तिहरूको क्रियाकलापले गर्दा नयाँ पुस्तामा राजनीतिप्रतिको वितृष्णा बढ्दै गएको बताउने उनी नयाँ पुस्तालाई समेत राजनीतिमा ल्याउनु पर्ने बताउँछिन्।

प्रकाशित: May 21, 2022| 07:52 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...