बिहीबार, फागुन २१, २०८२

नवजोत सिंह सिद्धुलाई एक वर्ष जेल सजाय

सन् १९८८ मा भएको दुर्घटनाको मुद्दामा उनलाई जेल पठाउने आदेश सर्वोच्चले गरेको हो। उक्त दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

नयाँ दिल्ली३४ वर्ष पुरानो दुर्घटनामा दोषी ठहर गर्दै भारतको सर्वोच्च अदालतले काङ्ग्रेस नेता, कलाकार तथा क्रिकेटर समेत रहेका नजवोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय सुनाएको छ। सन् १९८८ को दुर्घटनाको मुद्दामा उनलाई यो सजाय सुनाइएको हो। दुर्घटनामा एक वृद्धले ज्यान गुमाएका थिए।

यसअघि सिद्धूलाई उच्च अदालतले १ हजार भारतीय रुपैँयाको जमानत तिरेपछि रिहा गरेको थियो। तर, पीडितका परिवारले घटना बारे पुनः छानविन गर्न अदालत समक्ष निवेदन पेश गरेका थिए। क्रिकेटबाट राजनीतिमा प्रवेश गरेका उनलाई आजै पक्राउ गरी पटियाला जेल लगिने विभिन्न भारतीय सञ्चार माध्यममा उल्लेख गरेका छन्। 

डिसेम्बर २७, सन् १९८८ का दिन ६५-वर्षिय गुर्नाम सिंहसँग सिद्धूको भनाभन पर्दा उनलाई उनको कारबाट बाहिर निकाली पिटेपछि गुर्नामको मृत्यु भएको थियो। पार्किङ गर्ने ठाउँका विषयमा झगडा परेका गुर्नामलाई कारबाट बाहिर निकाल्न सिद्धूका साथी रुपिन्दर सिंह सन्धूले सहयोग गरेका थिए।

सन् २०१८ मा सिद्धूले अदालतसामु उनको एक मुक्काले गुर्नामको मृत्यु भएको ठोस सबुत नभएको अनि उनको परिवारले सुल्झिसकेको मुद्दालाई पुनः खोल्ने “दुर्भावनापूर्ण प्रयास” गरेको आरोप लगाएका थिए। यसका बाबजुद उनीमाथि वृद्धलाई हात उठाएको आरोप छँदै थियो।

सर्वोच्च अदालतले उनका साथी रुपिन्दरको उपस्थितिबारे कुनै प्रमाण नभएको उल्लेख गर्दै उनलाई दोष-मुक्त ठहर गरेको छ।

kumari

५८ वर्षीय नवजोत सिंह सिद्धू अवकास प्राप्त अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्। यसका साथै उनी पञ्जाब प्रदेश काङ्ग्रेस कमीटीका पूर्व सभापति समेत हुन्। 

उनी पञ्जाब राज्यको पर्यटन तथा सांस्कृतिक मामिला मन्त्री पनि थिए। उनलाई अधिकांशले लोकप्रिय हास्य--व्यंग्यात्मक टेलिभिजन कार्यक्रम ‘कमेडी नाईट्स विथ कपील’का सिद्धू पाजी भनेर पनि चिन्ने गरेका छन्।

फैसलापछि सिद्धूले सर्वोच्चको आदेश पालना गर्ने बताएका छन्। 

प्रकाशित: May 19, 2022| 17:46 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।