शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस–एमालेको त्यो अनौठो गठबन्धन जसले राप्रपालाई हरायो

स्थानीय निर्वाचनका लागि कांग्रेसले देशभर एमालेविरुद्ध गठबन्धन गरिरहँदा त्यहाँ भने एमालेसँग सहकार्य भएको थियो। राप्रपाको दबदबा रहेको त्यस गाउँपालिकामा लिङ्देनका उम्मेदवारलाई हराउन कांग्रेस–एमाले अनौठो गठबन्धनका लागि तयार भएका थिए।
 |  बुधबार, जेठ ४, २०७९

अनिल यादव

अनिल यादव

बुधबार, जेठ ४, २०७९

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन २०७९ मा देशकै होचो भूभागमा पर्ने कचनकवल गाउँपालिकाले खुब चर्चा पायो। चर्चाको कारण थियो, त्यहाँ राजनीतिक दलहरुबीच बनेको एउटा अनौठो गठबन्धन। एक त ऐतिहासिक ठाउँ। त्यसमाथि अनौठो गठबन्धन। त्यो पनि देशका दुई चर्चित नेताहरु कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रभित्र। धेरैको ध्यान खिचिनु स्वाभाविक थियो। 

triton college

स्थानीय निर्वाचनका लागि कांग्रेसले देशभर एमालेविरुद्ध गठबन्धन गरिरहँदा त्यहाँ भने एमालेसँग सहकार्य भएको थियो। राप्रपाको दबदबा रहेको त्यस गाउँपालिकामा लिङ्देनका उम्मेदवारलाई हराउन कांग्रेस–एमाले अनौठो गठबन्धनका लागि तयार भएका थिए। 

चुनावअघि नेपाल समयसँग कुरा गर्दै कचनकवलका एमाले अध्यक्ष नवराज भट्टराईले भनेका थिए, ‘यहाँ राजावादीलाई परास्त गर्न यो गठबन्धन आवश्यक बनिदियो।’ त्यसो त यसकै लागि भट्टराईले त्यहाँ अध्यक्ष पद कांग्रेस दिन तयार भएर आफू उपाध्यक्षको उम्मेदवारीमा चित्त बुझाउन तयार भएका थिए। 

अन्ततः यो होचो ठाउँमा बनेको अनौठो गठबन्धन सफल बनेको छ। बुधबार आएको अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवारी दिएका नेपाली कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११ हजार ४५७ मत ल्याएर निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्जार आलमलाई ४ हजार ७९० मतान्तरले हराएका हुन्। आलम अघिल्लो निर्वाचनमा त्यस पालिकाबाट अध्यक्ष निर्वाचित भएका थिए। तर, यसपटक उनले ६ हजार ६६७ मत ल्याएर दोश्रो स्थानमा चित्त बुझाउनुपर्यो। तेस्रो भएको माओवादीले जम्मा ६६४ मतमात्रै पायो। 

स्थानीय निर्वाचनका लागि कांग्रेसले देशभर एमालेविरुद्ध गठबन्धन गरिरहँदा त्यहाँ भने एमालेसँग सहकार्य भएको थियो। राप्रपाको दबदबा रहेको त्यस गाउँपालिकामा लिङ्देनका उम्मेदवारलाई हराउन कांग्रेस–एमाले अनौठो गठबन्धनका लागि तयार भएका थिए। 

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट निर्वाचित भएका एमालेका नवराज भट्टराईले ८ हजार १४३ मत ल्याए। यसअघिको स्थानीय चुनावमा गाउँपालिका उपाध्यक्ष जितेकी राप्रपाका निमसरी राजवंशीले यसपालि भने ६ हजार ८०२ मत ल्याएर पराजित भइन्। तेस्रो भएको माओवादीकी भागीरथा अधिकारीले १ हजार २५७ मत ल्याएकी छन्।

corrent noodles
Metro Mart

मुस्लिम र आदिवासीको बाहुल्यता रहेको यो गाउँपालिकामा यसअघि राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहमुत वडाहरु जितेको थियो। त्यहीकारण यसपटक राप्रपाको पकड परास्त गर्न कांग्रेससँग तालमेल गर्न तयार भएको कचनकवलका एमाले अध्यक्ष नवराज भट्टराईले बताए। ‘यहाँको स्थानीय सरकार राजतन्त्र पुनः फर्काउनुपर्छ भन्ने पुरातनवादी सोच बोकेर हिँडिरहेको अवस्था थियो,’ अध्यक्ष भट्टराईले नेपाल समयसँग भने, ‘राजेन्द्र लिङ्देनले राप्रपाको केन्द्रीय राजधानी कचनकवल हो भनेर सार्वजनिक अभिव्यक्ति दिएर हिँडिरहँदा हामी लोकतन्त्र र गणतन्त्रका पक्षधरहरुलाई चित्त दुख्यो। त्यसैले यो लोकतान्त्रिक गणतन्त्रले स्थापना गरेको संविधानको रक्षा गर्न लोकतन्त्रवादीहरु एक ठाउँमा हुनुपर्छ र राजतन्त्रको अवशेषलाई समाप्त गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले यो चुनावी तालमेल गर्यौं। आज सफल पनि भयौं। अत्यधिक खुशी छौं।’

सिटौला र लिङ्देनबीचको टकराव

झापा क्षेत्र नम्बर ३ मा स्थानीय निर्वाचन होस् या प्रतिनिधिसभाको, यहाँको टकरावलाई सधैँ कृष्ण सिटौला र राजेन्द्र लिङदेनसँग जोडेर हेरिन्छ। त्यसैले देशभर अरुखाले चुनावी गठबन्धन बनिरहँदा यहाँ भने अनौठो समीकरण बनिदिन्छ। 

जस्तो कि, अघिल्लो पटककै निर्वाचनमा देशभर बाम गठबन्धनविरुद्ध लोकतान्त्रिक गठबन्धन बनिरहँदा यहाँ भने राप्रपा र एमालेबीच गठबन्धन बनेको थियो। ०५६ सालको आम चुनावमा पहिलोपल्ट लिङ्देन झापा क्षेत्र नम्बर १ बाट सिटौलाविरुद्ध चुनावमा उठेका थिए। त्यसपछि ०७० को चुनावमा पनि लिङ्देन र सिटौलाबीच नै प्रतिष्पर्धा भयो, क्षेत्र नम्बर ३ बाट। दुवैपटक लिङ्देन हारे, तर हार खाएनन्। अन्ततः ०७४ को चुनावमा एमालेसँग ‘अनौठो’ गठबन्धन गर्दै लिङ्देनले सिटौलालाई हराए। कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै चुनाव जितेका थिए उनले। 

तर, अचम्मको कुरा अघिल्लो पटक आफूलाई हराउन सहयोग गरेको एमालेसँगै यसपटक स्थानीय चुनावमा समीकरण गर्न तयार भए सिटौला। त्यो पनि आफ्नै निर्वाचन क्षेत्रभित्र पर्ने कचनकवलमा। 

झापा क्षेत्र नम्बर ३ मा स्थानीय निर्वाचन होस् या प्रतिनिधिसभाको, यहाँको टकरावलाई सधैँ कृष्ण सिटौला र राजेन्द्र लिङदेनसँग जोडेर हेरिन्छ। त्यसैले देशभर अरुखाले चुनावी गठबन्धन बनिरहँदा यहाँ भने अनौठो समीकरण बनिदिन्छ। 

किन त? ‘किनभने कृष्ण सिटौला जसरी पनि लिङ्देनलाई हराउन चाहन्थे। लिङ्देनले केन्द्रीय राजधानी घोषणा गर्दै आएको कचनकवलमा उनी राप्रपा विजयी भएको देख्न चाहँदैन थिए, लिङ्देनसँगको त्यो इखले पनि तालमेलप्रति उनको समर्थन रह्यो,’ कांग्रेस निकट त्यहाँका एक नेताले भने। 

कचनकवल एमाले अध्यक्ष भट्टराईका अनुसार राजेन्द्र लिङ्देनले बाहिर ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्दै भाषण गरे पनि राप्रपाले नेतृत्वले गरेको कचनकवलको दृश्य ठिक उल्टो थियो। ‘उल्टै संस्थागत भ्रष्टाचार बढेको थियो। महालेखा परीक्षकको प्रतिवेदन हेर्दा झापाको गाउँपालिकामध्ये सबैभन्दा बढी बेरुजु यहीँ देखिएको थियो। यी सबै कुराले पनि हामी केन्द्रमा जस्तो तालमेल भए पनि यहाँ अनौठो गठबन्धन गर्न तयार भएका हौं,’ उनले भने। 

यसपटक अध्यक्षमा पराजित भएका राप्रपाका आलम अघिल्लो पटक राम्रै मत ल्याएर निर्वाचित भएका थिए। ०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेका उनी त्यसअघि मुस्लिम आयोगका सदस्य थिए। तर, निर्वाचनमा सहभागी हुनैका लागि उनले आयोगको सदस्य  पदबाट राजीनामा दिएका थिए। उनी ०५४ सालमा भएको स्थानीय निर्वाचनमा झापा जिल्ला विकास समितिको निर्वाचित सदस्य पनि हुन्। कचनकवलमा राप्रपाको पकड त्यसमाथि मुस्लिम र आदिवासीको बाहुल्यता भएकाले पनि आलम र राजवंशीलाई जित्न त्यतिबेला सहज भएको थियो। यसपटक पनि उनीहरुको उपस्थिति कमजोर देखिएको थिएन।

निर्वाचनअघि झापा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम्ले भनेका थिए, ‘मेरो क्षेत्रमा राप्रपालाई हराउन एमाले र कांग्रेस नै मिल्नुपर्ने अवस्था आयो।’ कचनकवलमा पराजयपछि सायद अब भन्नेछन्, ‘मेरो क्षेत्रमा राप्रपा हराउन एमाले र कांग्रेस नमिली भएन। हामी कति शक्तिशाली भइसक्यौं, यहीँबाट पुष्टि हुन्छ।’

प्रकाशित: May 18, 2022| 13:11 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...