शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भाइटीकाको साइत सार्वजनिक, विभिन्न देशका लागि फरक समय निर्धारण

भाइटीकाको साइत सार्वजनिक, विभिन्न देशका लागि फरक समय निर्धारण

 |  बुधबार, असोज २९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज २९, २०८२

काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको ठूलो चाड तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ।

समितिको आज बसेको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो।

समितिका अनुसार, नेपालमा भाइटीका २०८२ कार्तिक ६ गते बिहान ११ः३९ बजे लगाउन उपयुक्त मानिएको छ। यस्तै, भारतको नयाँ दिल्लीमा अक्टोबर २३, २०२५ मा बिहान ११ः५५ बजे, अमेरिका (न्युयोर्क) मा ११ः५५ बजे र लन्डन (बेलायत) मा ११ः३७ बजे शुभ साइत तोकिएको छ।

यूरोप र अमेरिकाका अन्य शहरहरूमा पनि निम्न समयहरूमा भाइटीका लगाउन उपयुक्त हुने जनाइएको छ :

पेरिस, फ्रान्स — ११ः२१ बिहान

फ्र्याङ्कफर्ट, जर्मनी — ११ः४३ बिहान

डेनमार्क — ११ः२५ बिहान

ओस्लो, नर्वे — ११ः४३ बिहान

जेनेभा, स्वीट्जरल्याण्ड — ११ः४५ बिहान

टोरन्टो र भ्यानकुभर, क्यानाडा — ११ः२५ बिहान

टेक्सास, अमेरिका — ११ः५७ बिहान

क्यालिफोर्निया — ११ः४१ बिहान

सिकागो — ११ः३५ बिहान

अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ लगायतका शहरहरूमा अक्टोबर २२ मा नै भाइटीका पर्ने भएकाले सोही अनुसार साइत निर्धारण गरिएको छ।

एशियाका देशहरूमध्येः

टोकियो, जापान — ११ः४२ बिहान

सियोल, दक्षिण कोरिया — ११ः२१ बिहान

सिंगापुर — ११ः५८ बिहान

क्वालालम्पुर, मलेसिया — ११ः५७ बिहान

बैंकक, थाईल्याण्ड — ११ः४१ बिहान

याङ्गुन, म्यानमार — ११ः५५ बिहान

अबुधाबी, युएई — ११ः५५ बिहान

दोहा, कतार — ११ः५५ बिहान

तेल अभिभ, इजरायल — ११ः४५ बिहान

यस वर्ष तिहारको अवसरमा ‘विश्व ज्योतिष महासंघ’ र ‘अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति’ ले सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई तिहार तथा शुभ दीपावली २०८२ को मंगलमय शुभकामना व्यक्त गरेका छन्।

समितिले शुभ साइत ‘सबैभन्दा उपयुक्त समय’का रूपमा निर्धारण गरिएको जनाउँदै, सो दिन आफू अनुकूल समयमा पनि टीका लगाउन सकिने स्पष्ट पारेको छ।

प्रकाशित: Oct 15, 2025| 19:02 बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्