आइतबार, भदौ १४, २०८३

सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

 |  बुधबार, असोज २९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज २९, २०८२

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ। 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

हिजो मङ्गलबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु तीन हजार ३२५ मा किनबेच भएको थियो।

प्रकाशित: Oct 15, 2025| 12:44 बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्