बिहीबार, वैशाख ३, २०८३

मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै

 |  बुधबार, असोज २९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज २९, २०८२

National life
kumari

धनुषा- मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जीतेन्द्र सोनलले दाबी पेस गरेका छन्।

मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार पाँचदलीय गठबन्धनको सहयोगमा लोसपाका नेता सोनालले आज मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार गठनको दाबी पेस गरेका हुन्।  
 
सरकार गठनका क्रममा लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच सहमति जुटेको उनले बताए।  
 
मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता सोनालको नेतृत्वमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित भएको भन्दै गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको मधेस प्रदेश लोसपा संसदीय दलका नेता जेलुन राइनले जानकारी दिए।
 
यसैबीच नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका केही राजनीतिक दलहरू पनि सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा आउनुभएको निमित्त सचिव यादवले जानकारी दिए।

प्रकाशित: Oct 15, 2025| 13:27 बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्