तालिबान!
म आज तपाईँहरुबाट टाढा छु।
मेरा वरिपरी नयाँ मुहार छन्, भिन्न चेहरा, मभन्दा फरक अनि थुप्रै देशहरुबाट आएका।
म बसेको कोठा भरिभराउ छ, गर्मी छ अनि कोठाभरि सयौँ अपरिचितहरूको गन्ध फैलिएको छ।
मभन्दा अगाडिकी महिला तनावमा देखिन्छिन्। बेलाबेला गोरा कुइना कन्याउँछिन्। उनको कपाल चिल्लो छ, अनि उनी मतिर बारम्बार फर्किरहेकी छिन्। किन मलाई हेरिरहेकी हुन्? मलाई उनको यस्तो हेराई मन परिरहेको छैन।
मेरा छेउमै बसेका अर्का पुरुष घुरिरहेका छन्। उनको पाखुरा हामी दुवैबीच भएको पाखुरा अड्याउनेमा अडिएको छ। लगभग मसँग टाँसिएको छ। यो क्यानडामा बस्ने 'आधारभूत सिकाई' हो रे, उनीहरुले भनेको। म उनीहरुले भनेका कुरा सुनिरहेकी छु तर आवाज प्रष्ट छैन। उनीहरुले हामीलाई अफगानिस्तानभन्दा कसरी फरक छ क्यानडाको मौसम, पसल, सडक, अनि त्यहाँको संस्कृति बताइरहेका छन्, सायद।
मेरो मुटुको धड्कन तेज भएको छ अनि म पसिनाले खलखल भएकी छु।
टाउकोमा भाला रोपेझैँ भएपछि म बाथरुम तिर लागेँ।
यहाँ त बाथरुम पनि फरक छ।
मेरा जस्तै मुहारहरु, मेरा आफन्तका मुहारहरु, मेरा साथीका मुहारहरु आज त्यही देशमा छुटेका छन् जुन देशलाई तपाईंहरुले हामीबाट खोस्नु भएको छ।
अफगानी जनताले ४० वर्षसम्म दुःख खेपे। मेरा बुवाआमाले ४० वर्षसम्म संघर्ष गरे। उनीहरु पहिले पनि एक पटक देश छोडेर फर्किसकेका छन्। म २४ वर्षकी भएँ। अनि मैले पनि २४औँ वर्ष दुःख खेपिसकेकी छु।
म अफगानी महिला हुँ। पत्रकार थिएँ। सफल थिएँ। मैले मेरो परिवार पालेकी थिएँ। अनि मलाई साथ दिने साथीहरु थिए।
अहिले म त्यस पारिवारिक वातावरणबाट सयौँ किलोमिटर टाढा छु।
यो 'सुन्दर' देशमा आएको महिनौँ भइसक्यो। झ्याल बाहिर सेता हिमाल देखिन्छन्। अनि मन अलिकति स्थिर हुन्छ।
तर घर छोड्दा जुन कपडा लाएकी थिएँ, अहिले पनि तिनै लाएकी छु। अलि मजाले कपडा सुँघ्ने हो भनेअझै घरको बास्ना आउँछ।
बास्नाहरुमा याद गढेका हुन्छन्।
अफगानी जनताले ४० वर्षसम्म दुःख खेपे। मेरा बुवाआमाले ४० वर्षसम्म संघर्ष गरे। उनीहरु पहिले पनि एक पटक देश छोडेर फर्किसकेका छन्। म २४ वर्षकी भएँ। अनि मैले पनि २४औँ वर्ष दुःख खेपिसकेकी छु।
२० वर्षपछि अफगानिस्तानलाई तपाईँहरुले फेरि कब्जा गर्नुभएको छ। हजारौँलाई विस्थापित हुन बाध्य बनाउनु भएको छ। मजस्तै हजारौँलाई। हामीलाई उन्नतिको पथमा अघि बढाउनुको साटो अझ पछि धकेल्नुभएको छ।