मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

संसद्‌को अवरोध अन्त्यका लागि बालुवाटारमा चार दलको छलफल

 |  शनिबार, जेठ ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

काठमाडौं- संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच बालुवाटारमा छलफल भएको छ।

triton college

कांग्रेसले सहकारीको रकम हिनामिना छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागका विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटारमा शनिबार अपराह्न बैठक बसेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल संसद्‌को गतिरोध अन्त्यका लागि कांग्रेससित निर्णायक वार्ताका लागि चार दलको बैठक बोलाएका थिए। कांग्रेससित छलफलअघि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका थिए। त्यसपछि कांग्रेससहित चार दलको बैठकमा सहकारीको रकम ठगीको छानबिन गर्न संसदीय समितिको कार्यक्षेत्रमाथि छलफल भएको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै विगतमा उनी संलग्न सहकारीको नामै तोकेर अनुसन्धान गर्नुपर्ने प्रस्ताव गरेको छ भने सत्तारुढ दल संकटग्रस्त सहकारी केन्द्रित संसदीय छानबिन समिति बनाउने बताएको छ। आइतबार संसद्‌को गतिरोध अन्त्य भएमा मात्र सोमबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने वातावरण बन्नेछ।

सत्तारुढ दलले सहकारी ठगी सम्बन्धमा लामिछानेमाथि प्रश्न उठेकाले उनले संसद्‌मा आफ्नो प्रस्टिकरण दिन पाउनुपर्ने, त्यसपछिमात्र संसदीय छानबिन समिति गठन प्रक्रिया अघि बढाउने बताउँदै आएका छन्।
 

Metro Mart
vianet

प्रकाशित: May 18, 2024| 19:02 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्