सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ताइवानको संसद्‍मा मुक्का हानाहान, पाँच सांसद अस्पताल भर्ना

ताइवानको संसद्‍मा मुक्का हानाहान, पाँच सांसद अस्पताल भर्ना

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

ताइवानको संसद्‍मा विवादास्पद विधेयकलाई लिएर सत्तारुढ र विपक्षी सांसदहरूबीच हात हालाहाल भएको छ। 

National life

दुई पक्षबीचको भनाभन झडपमा बदलिएको छ। सांसदहरूले एकअर्कालाई मुक्का हानाहान गरेका थिए भने पोडियममा उफ्रिएर संसद्को कारबाही अवरुद्ध गरेका थिए। केही सांसदहरूले भने फाइल खोसेर सदन बाहिर लगेका थिए।

एनडिटीभी वर्ल्डका अनुसार झडपका क्रममा घाइते भएका पाँच जना सांसदलाई अस्पताल भर्ना गर्नुपरेको छ। डीपीपी सांसद र विपक्षी केएमटी र टीपीपी पार्टीका सांसदहरूबीच झडप केही घण्टासम्म चलेको थियो।

ताइवानका नयाँ राष्ट्रपति चिङ तेहको शपथ ग्रहण नजिकिँदै गर्दा संसद्‍मा यस्तो घटना भएको हो। चिङ तेहको शपथ ग्रहण सोमबार मे २० मा हुँदै छ। ताइवान संसद्‍मा सरकारको काम कारबाहीमाथि नजर राख्ने विपक्षी सांसदलाई बढी अधिकार हुने एउटा विधेयक पेस गरिएको थियो।

यस बाहेक संसद्‍मा गलत बयान दिने सरकारी अधिकारीहरूमाथि फौजदारी अभियोग दर्ता हुने व्यवस्था पनि सो विधेयकमा थियो। यही विधेयकमाथि मतदान हुनुअघि सत्तारुढ र विपक्षी दलका सांसदबीच झडप भएको थियो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 19, 2024| 12:18 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्