सोमबार, कात्तिक ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग

बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाममाथि प्रश्न उठाउँदै त्यसलाई रद्द गर्न माग गरेका छन्। 

उनले निर्वाचनको परिणाम स्वीकार गर्न नसकिने बताएका छन्। अन्तिम मतपरिणामअनुसार लुइज इनासियो लुला दा सिल्भाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दा बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाएका छन्।

बोल्सोनारोले निर्वाचनका क्रममा ‘खेलका नियम परिवर्तन गरिएको’ आरोप लगाउँदै परिणाम रद्द गर्नुपर्ने बताएका छन्। उनले आफ्नो पहिलो सार्वजनिक प्रतिक्रियामा निर्वाचन रद्द गराउन आफ्नो चुनावी टोलीका कानुन व्यवसायीलाई अदालतमा निवेदन दिन निर्देशन दिने बताएका छन्।

उनले उठाएको मुख्य विषय सर्वोच्च अदालतले मतदानको समय दुई घण्टा थप्ने निर्णय हो। यो असामान्य निर्णय भए पनि लुला र बोल्सोनारो दुवै पक्षका चुनावी टोलीले मतदानको समय थप्न औपचारिक अनुरोध गरेका थिए। लुलाको टोलीले साओ पाउलो र बाहिया राज्यमा बसको अभावका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन भएको तर्क गरेको थियो।

त्यस्तै, बोल्सोनारोको टोलीले देशको दक्षिणी क्षेत्र र साओ पाउलोका केही स्थानमा परेको भारी वर्षालाई कारण देखाउँदै मतदानको समय थप्न आग्रह गरेको थियो। अब बोल्सोनारोको कानुनी टोलीले निर्वाचन परिणाम रद्द गर्नुपर्ने मागको समर्थनमा अदालतमा पेस गर्ने तर्क तयार पारिरहेको छ।

प्रकाशित: Oct 26, 2026| 13:11 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्