सोमबार, कात्तिक ९, २०८३

एक्समा लाइक बटन थिचेर एक डलर पठाउन सकिने सुविधाको घोषणा

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं- एलन मस्कले सामाजिक सञ्जाल एक्समा लाइक बटन केही समय थिचेर पोस्टका क्रियटरलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने बताएका छन्। प्रस्तावित सुविधामार्फत प्रयोगकर्ताले आफूलाई मन परेको सामग्रीका सर्जकलाई सहजै आर्थिक सहयोग गर्न सक्नेछन्।

मस्कका अनुसार लाइक बटन लामो समयसम्म थिच्दा एक्स मनीमार्फत एक डलर पठाउने विकल्प सक्रिय हुनेछ। यसबाट प्रयोगकर्ताले अर्को भुक्तानी प्रणाली प्रयोग नगरी एक्सभित्रै सामग्री सर्जकलाई सहयोग गर्न सक्नेछन्।

यो सुविधा कहिलेदेखि लागू हुने र भुक्तानीका लागि कस्ता सर्तहरू पूरा गर्नुपर्ने हुन्छ भन्नेबारे कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

एक्स मनीको व्यक्ति–व्यक्तिबीच रकम पठाउने सेवा भने अमेरिकामा उपलब्ध गराइएको छ। यससँगै एक्सले भिसा डेबिट कार्डको सुविधा पनि दिएको छ।

एक्सलाई सामाजिक सञ्जाल, सन्देश आदानप्रदान र डिजिटल भुक्तानीलगायत सेवा एउटै माध्यमबाट उपलब्ध गराउने ‘सबै सेवाको एप’ बनाउने मस्कको योजनाअन्तर्गत यो सुविधा अघि सारिएको हो।

प्रकाशित: Oct 26, 2026| 12:02 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्