बिहीबार, पुस १०, २०८२

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

 |  शनिबार, जेठ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

काठमाडौं- राजनीतिक तीन दलका शीर्ष नेताहरूको बैठकमा सहकारीको बचत अपचलन प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा आज साँझ बसेको बैठकले यो सहमति जुटाएको हो।

बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सहभागी थिए।

बैठकले छानबिन समितिका लागि कार्यादेश तय गर्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल सदस्य छन्। 

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 18, 2024| 19:35 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्