बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली सेनाको गोली लागेर अलजजीराकी पत्रकार अबुको मृत्यु

इजरायली सेनाको गोली लागेर अलजजीराकी पत्रकार अबुको मृत्यु

इजरायली आक्रमणबारे रिपोर्टिङ गर्ने क्रममा पत्रकार अबुलाई बुधबार गोली लागेको थियो। गोली लागेकी शिरिनलाई तत्काल अस्पताल पुर्‍याइए तापनि स्थिति गम्भीर रहेकाले उनको ज्यान बचाउन नसकिएको प्यालेस्टाइनले बबताएको छ। अस्पतालमा उनलाई मृत घोषणा गरिएको मन्त्रालयले बताएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

प्यालेस्टाइन- इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा अलजजिरा पत्रकार शिरिन अबुको मृत्यु भएको छ। इजरायली फौजको गोली लागी मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

इजरायली आक्रमणबारे रिपोर्टिङ गर्ने क्रममा पत्रकार अबुलाई बुधबार गोली लागेको थियो। गोली लागेकी शिरिनलाई तत्काल अस्पताल पुर्‍याइए तापनि स्थिति गम्भीर रहेकाले उनको ज्यान बचाउन नसकिएको प्यालेस्टाइनले बबताएको छ। अस्पतालमा उनलाई मृत घोषणा गरिएको मन्त्रालयले बताएको छ।

गोली लाग्दा उनले ‘प्रेस’लेखिएको भेष्ट लगाएकी थिइन्। उनलाई कस्तो अवस्थामा गोली लागेको खुल्न नसके पनि घटनाको भिडियोअनुसार अबुलाई शीरमा गोली लागेको अलजजिराकै निदा इब्राहिमले बताएकी छन्।

'हामीलाई अहिले के थाहा छ भने प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उनको मृत्युको घोषणा गरेको छ। पत्रकार शिरिन अबु अक्लेह जेनिनका घटना कभर गरिरहेकी थिइन्। उनी विशेष गरी इजरायलीले कब्जा गरेको वेष्ट बैंकको उत्तरी सहर बारे रिपोर्टिङ गरिरहेकी थिइन्। सोही क्रममा उनको टाउकोमा गोली लागेको थियो,' प्यालेस्टिनी सहर रामल्लाहबाट इब्राहिमले भनिन्।

आँखाबाट आँसु खसाल्दै इब्राहिमले अबु ‘सम्मानित तथा प्रतिष्ठित’पत्रकार रहेको उल्लेख गरिन्। अबु सन् १९९७ देखि अलजजिरामा आबद्ध थिइन्। 

kumari

अलजजिराकै अर्का पत्रकार अलि समौदीलाई पनि ढाडमा गोली लागेको कुरा स्वास्थ्य मन्त्रालयले बताएको छ। समौदीको उपचार  भइरहेको छ। 

ईजरायलले भने पत्रकार मारिएको विषयलाई अस्वीकार गरेको छ। इजरायली सेनाले जेनिनमा प्यालेस्टिनी सेनाद्वारा भारी गोलाबारुदसहित आफूहरूमाथि आक्रमण गरेको अनि 'घटनाबारे छानबिन'समेत गरिरहेको कुरा उल्लेख छ। 


प्रकाशित: May 11, 2022| 14:58 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।