बिहीबार, फागुन २१, २०८२

बिल गेट्सलाई कोभिड सङ्क्रमण

अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मेको सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी छन्।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

वासिंटन- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ। आफूलाई कोभिड–१९ सङ्क्रमण भएको जानकारी बुधबार गेट्सले दिएका हुन्। उनी हाल निजी निवासमा क्वारेन्टाइनमा छन्। 

ट्विट गर्दै गट्सले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको जानकारी दिएका छन्।  

'मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु,' बिलको ट्विटमा उल्लेख छ, 'मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु। खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु।'

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत् उनी कोभिड निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय छन्। अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मेको सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी छन्।


प्रकाशित: May 11, 2022| 14:18 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।