बिहीबार, फागुन २१, २०८२

फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनाण्ड जुनियर निर्वाचित

फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनाण्ड मार्कोसका छोरा फर्डिनाण्ड मार्कोस जुनियर राष्ट्रपति निर्वाचित भएका छन्। त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भएकी छन्।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनाण्ड मार्कोसका छोरा फर्डिनाण्ड मार्कोस जुनियर राष्ट्रपति निर्वाचित भएका छन्। त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भएकी छन्।

पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवार उठाएका थिए। दुई प्रभावशाली नेता हुन्। उनीहरूहरूको तालमेलका कारण दुवै उम्मेदवार अत्यधिक मतका साथ विजयी भएका छन्।

राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएका छन्। यो संख्या मार्कोसको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ।

उनका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए। नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार मतदान भएको थियो।

त्यसअन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति र एक हजार २०० सिनेटरसहित ३०० भन्दा बढी संसदका प्रतिनिधि साथै एक हजार ७०० भन्दा बढी अन्य स्थानीय प्रतिनिधि निर्वाचित भएका छन्।

kumari

प्रकाशित: May 11, 2022| 06:56 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।