बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा राजापाक्षेसहित ५० भन्दा बढी नेताको घरमा आगजनी

श्रीलंकामा राजापाक्षेसहित ५० भन्दा बढी नेताको घरमा आगजनी

श्रीलंकामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौं नेताहरूको घरमा आगो लगाइदिएको छ। भिड आक्रोसित बनेसँगै त्यहाँ देशभर नै कर्फ्यू जारी गरिएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- श्रीलंकामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौं नेताहरूको घरमा आगो लगाइदिएको छ। भिड आक्रोसित बनेसँगै त्यहाँ देशभर नै कर्फ्यू जारी गरिएको छ।

श्रीलंकामा निवर्तमान प्रधानमन्त्री राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि कर्फ्यु उल्लंघन गर्नेलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ।

आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। सोमबारको यही प्रदर्शनमा एक जना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए।

मंगलबार राजापाक्षेको जलाइएको घरबाट सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यलाई उद्धार गरेको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र हवाई फायर गरेका थिए।

प्रधानमन्त्री राजापाक्षे र उनको परिवारका सदस्यहरुलाई सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा लगेर राखेको बीबीसीको समाचारमा उल्लेख छ। मिडिया रिपोर्टका अनुसार सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरूको घरमा आगजनी भएको छ। उनीहरूले पनि अन्यत्र शरण लिएर बसिरहेका छन्।

kumari

श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी छ ।

प्रकाशित: May 11, 2022| 06:43 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।