बिहीबार, फागुन २१, २०८२

अफगानिस्तानमा तालिबान सरकार बनेपछि नौ लाखले गुमाए जागिर

अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विशेष निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काबुल- अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन्।

अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विशेष निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो। विशेष गरेर विगतका काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाहरूको संख्या धेरै देखिएको बताइएको छ।

अहिले गरिबी पनि बढेको र लाखौँ मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए। बाँकीले त्यसपछिको समयमा गुमाएका हुन।

झन्डै चार दशकको आन्तरिक द्वन्द्वमा परेको अफगानिस्तानमा अहिले शान्ति स्थापना हुने अपेक्षा गरिए पनि असन्तुष्टि भने प्रकट भइरहेको छ।

kumari

तालिबान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा बाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन्।   एएनआई

प्रकाशित: May 10, 2022| 21:30 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।