बिहीबार, फागुन २१, २०८२

श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा

देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको हो।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- श्रीलंकामा आर्थिक संकटका कारण हिंसा बढ्दै गएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन्। देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको हो।

यसअघि राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार एक विशेष बैठकमा प्रधानमन्त्रीलाई देशको राजनीतिक संकट समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए।

यससँगै राष्ट्रपति राजापाक्षेले संयुक्त मन्त्रिपरिषद्‍ गठनका लागि सर्वदलीय बैठक आह्वान गर्नसक्ने अपक्षा गरिएको छ। तर यसअघि विपक्षी दल समगी जन बालवेगयाका नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए। 

श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ। सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ। 

सोमबार बिहान भने प्रधानमन्त्री निवास नजिकै टेम्पल ट्रीसको अगाडि प्रधानमन्त्रीका समर्थकहरूले उनलाई राजीनामा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा विरोधीहरूसँग झडप हुँदा उत्पन्न तनाव कम गर्न प्रहरीले कर्फ्यू समेत घोषणा गरेको थियो।

kumari

प्रकाशित: May 09, 2022| 17:15 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।