शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दक्षिण कोरियामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो।
 |  आइतबार, वैशाख २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

सउल- दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो।

himalayan bank box

तर यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो। तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ। 

दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। अधिकारीहरुका अनुसार अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी संक्रमित भइसकेका छन्। अघिल्लो दिन यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता आएर त्यसमा केही बृद्धि भएको बताइएको हो।

तर संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन्। यहाँ मृत्यु दर पनि कम रहेको बताइएको छ। हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ। संक्रमितहरुमा मृत्युदर भने न्यून रहेको अधिकारीहरुले जनाएका छन्।    -सिन्ह्वा


Metro Mart
vianet

प्रकाशित: May 08, 2022| 18:30 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।