बिहीबार, फागुन २१, २०८२

साउदी राजा सलमान अस्पताल भर्ना

साउदी अरेबियाका राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

रियाद- साउदी अरेबियाका राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ।

राज्यले सामान्यतया ८६ वर्षीय वृद्ध सम्राटको स्वास्थ्यको बारेमा बाहिरिएका अनुमानहरू रोक्न खोजेको छ। राजा सलमानले २०१५ देखि शीर्ष तेल निर्यातक र अरब संसारको सबैभन्दा ठूलो अर्थतन्त्रको देशमा शासन गरिरहेका छन्।

उनी शनिबार तटीय शहर जेद्दास्थित किङ फैसल स्पेशलिस्ट अस्पतालमा केही स्वास्थ्य परीक्षण गर्न गएका थिए। सन् २०२० मा राजा सलमानको पित्तथैलीको शल्यक्रिया भएको थियो।

उनको शासन अन्तर्गत साउदी अरेबियाले छिमेकी यमनमा युद्धमा प्रवेश गर्ने लगायत थप दृढ परराष्ट्र नीति अपनाउँदै  महत्वाकांक्षी आर्थिक सुधारहरू शुरु गरेको  र महिलाहरूलाई थप अधिकार दिइएको बताइन्छ।

-एएफपी

kumari

प्रकाशित: May 08, 2022| 18:05 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।