शुक्रबार, मंसिर १४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • तीनतिरका घडी हेर्दै घरफिर्तीको कामना गरिरहेका छन् लाखौँ शरणार्थी

Siddartha premir insuranceSiddartha premir insurance

तीनतिरका घडी हेर्दै घरफिर्तीको कामना गरिरहेका छन् लाखौँ शरणार्थी

होटेलका भित्तामा तीन वटा घडी झुन्डिएका छन्। एउटा घडीले मस्कोको समय, अर्कोले सोफियाको अनि तेस्रो घडीले न्यूयोर्कको समय बताउँछ। यसले बुल्गेरियाको पूर्व र पश्चिमबीचको नाजुक स्थानलाई जनाउँछ। पूर्व-कम्युनिस्ट राज्य बुल्गेरिया अहिले नाटोको सदस्य हो।
 |  आइतबार, वैशाख २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

बुल्गेरीयाको दक्षिणपूर्वी तटीय सहर पोमोरीको सन्नी बे होटेलको टेबलमा युक्रेनी राहदानीको थाक लागेको छ। बुल्गेरीयन कानुन अनुसार प्रहरीमा दर्ता गराउन आ-आफ्ना राहदानी बोकेर हिँडेका सयौँ शरणार्थीले त्यहाँ बास पाएका छन्।

himalayan bank box

शिरमाथि कालो चस्मा अड्याएका अग्ला व्यक्तिले त्यहाँ स्वयंसेवकको समूहको नेतृत्व गर्दै छन्। उनको नाम मिहाइल स्टेपानोभ हो। स्टेपानोभ उमेरले ५८ पुगे। उनी र उनकी श्रीमती एलेना दुवै रुसी नागरिक हुन्। सन् २०१९ यता उनीहरु बुल्गेरियामै बस्दै आएका थिए। 

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि युद्ध छेडेपछि यस जोडीले साढे ६ सय परिवारलाई बुल्गेरियामा दर्ता हुन सहयोग गरिसकेको छ। लगभग २ हजार ४ सय जनाको मद्दत गरिसकेका उनीहरुको यो सेवाकार्य जारी छ।

'युक्रेनमा जे भइरहेको छ, त्यो देख्दा मलाई साह्रै दुःख लाग्छ,' स्टेपानोभ भन्छन्, 'आशा गर्छु युद्ध चाँडै समाप्त होस्। तर त्यतिन्जेल आपतमा परेकालाई हामी सहयोग गरिरहनेछौँ।' 

पोमोरी सहर, जहाँ करिब १५ हजार बासिन्दा छन्, यस सहरलाई ‘सानो मस्को’ भनेर पनि चिनिन्छ। पोमोरी रुसी पर्यटकहरु माझ अत्यन्तै ‘पपुलर डेस्टिनेसन’ हो। आकलनअनुसार यहाँका ७० प्रतिशत होटल रुसी नागरिकहरुकै स्वामित्वमा रहेका छन्।

Metro Mart
vianet

सन् २०१४ मा रुसले क्रिमिया हस्तक्षेप गरेपछि थुप्रै रुसीहरू शरणार्थीको सहयोगमा व्यस्त छन्। बासस्थान, खाना, कपडा, इत्यादि दिएर आ-आफ्ना स्थानबाट सक्दो सहयोग गरिरहेका छन्।

एलेनाका अनुसार सुरु-सुरुमा युक्रनी उनीहरुसँग कुराकानी गर्न पनि हिचकिचाउँथे। रुसीहरुबाट सहयोग स्वीकार्नु त टाढैको कुरा थियो। 'तर केही समयपछि उनीहरुले हाम्रो माया बुझे,' उनी भन्छिन्।

रुस-बुल्गेरिया सम्बन्ध
होटेलका भित्तामा तीन वटा घडी झुन्डिएका छन्। एउटा घडीले मस्कोको समय, अर्कोले सोफियाको अनि तेस्रो घडीले न्यूयोर्कको समय बताउँछ। यसले बुल्गेरियाको पूर्व र पश्चिमबीचको नाजुक स्थानलाई जनाउँछ। पूर्व-कम्युनिस्ट राज्य बुल्गेरिया अहिले नाटोको सदस्य हो। सन् २००४ मा नाटोको सदस्य भएको बुल्गेरियाको रुससँग निकट सांस्कृतिक तथा आर्थिक सम्बन्ध छ। बुल्गेरियामा लगभग ९५ प्रतिशत ग्यास रुसबाटै जान्छ।

युक्रेन-युद्ध सुरु भएदेखि युरोपेली संघसँग रुसी सम्बन्ध विच्छेदको अवस्थामा आएको छ। मस्कोले ग्यास वितरणमा पूर्णविराम लगाउने धम्की दिँदै आएको छ। 

बुधबार मात्र रुसको राज्य-स्वामित्वमा रहेको उर्जा कम्पनी ग्याजप्रोमले बुल्गेरिया र पोल्यान्डमा डेलिभरी कटौती गर्‍यो। 

४२-वर्षीया स्वेतलाना गोलोलोबोवा युक्रेनको राजधानी किभ नजिकैको क्षतविक्षत सहर बोरोदायन्काबाट बुल्गेरिया आइपुगेकी हुन्। अप्रिल १९ मा ७ र १० वर्षका दुई बच्चा लिएर आइपुगेकी उनले यसअघि बुल्गेरियामा पाइला टेकेकी थिइनन्। 

होटेलका भित्तामा तीन वटा घडी झुन्डिएका छन्। एउटा घडीले मस्कोको समय, अर्कोले सोफियाको अनि तेस्रो घडीले न्यूयोर्कको समय बताउँछ। यसले बुल्गेरियाको पूर्व र पश्चिमबीचको नाजुक स्थानलाई जनाउँछ। पूर्व-कम्युनिस्ट राज्य बुल्गेरिया अहिले नाटोको सदस्य हो।

उनका २० वर्षीय छोरा र श्रीमान भने उनीसँग बुल्गेरिया आउन सकेनन्। युक्रेनमा लड्न योग्य उमेरका पुरुषलाई देश छोड्नबाट प्रतिबन्ध लगाइएको छ। घर छोड्नु अघि उनले सफा आकास, सुन्दर समुद्री किनार अनि शीश-महलको कल्पना गरेकी थिइन्, जुन सायद सन्नी बे होटलको पूर्वदृष्टि थियो।

'बल्ल अलिकति स्थिर भएको छ मन,' उनी भन्छिन्, 'भविष्यबारे सोच्न सक्ने भएकी छु, युद्ध सकिने बित्तिकै जेठो छोराको बिहे गरिदिने सोचेकी छु।'

गोलोलोबोवालगायत अन्य युक्रेनी रुसी स्वयंसेवकहरुको सहयोगप्रति आभारी छन्। 'उनीहरुको सहयोगले म आश्चार्यचकित छैन,' उनले भनिन्, 'हामी सबै मान्छे नै हौँ, गुन-बैगुन हामी सबैमा छन्। मान्छेलाई सरकारसँग जोडेर घृणा गर्नु गलत हो।'

विस्थापितको बाढी
संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार युद्धका कारण ११ लाखभन्दा बढी युक्रेनी जनता विस्थापित भएका छन्। जसमध्ये करिब साढे ५ लाख जनता छिमेकी राष्ट्रतर्फ प्रस्थान गरेका छन् भने ६ लाख जनता युक्रेनभित्रै छरिएका छन्।

रुसी हमला सुरु हुनासाथ युक्रेनका उप-प्रधानमन्त्री इर्याना वेरेश्चुकले पूर्वी युक्रेनका बासिन्दालाई सुरक्षित स्थानतर्फ भाग्न चेतावनी दिएका थिए। त्यस चेतावनीपछि स्थान छोडेर कति भागे भन्ने कुराको यकिन छैन।

राष्ट्रसंघको आँकडा अन्तर्राष्ट्रिय आप्रवास संगठनले (आईओएम) ९ देखि १६ मार्चबीच गरेको अध्ययनले युक्रेन छोड्नेको संख्या वृद्धि भइरहेको बताएको छ। आईओएमले देशभित्रै विस्थापित २ हजार युक्रेनीमाथि गरेको सर्वेक्षण अनुसार ती मध्ये ३० प्रतिशत किभबाट भागेका जनता थिए। ३६ प्रतिशत देशको पूर्वी भागका विभिन्न स्थानबाट थिए भने २० प्रतिशत उत्तरबाट भागेका थिए।

अध्ययन अनुसार आन्तरिक रुपमा विस्थापित युक्रेनीमध्ये आधाभन्दा बढी महिला रहेका छन्। तीमध्ये अधिकांश उच्च जोखिमका घेरामा छन् किनभने अत्याधिक महिला कि गर्भवती छन्, कि अपाङ्ग कि त हिंसाका शिकार।

देश छोडेर भाग्ने युक्रेनीमध्ये अधिकांश पोल्यान्डमा रहेका छन्। रिपोर्ट तयार भएको मितिसम्म २९ लाख ६८ हजार ७ सय १६ शरणार्थीलाई पोल्यान्डले शरणमा लिएको छ।

रोमानियामा ८ लाखभन्दा बढी युक्रेनी शर्णार्थी छन् भने साढे ६ लाख युक्रेनीहरू शरणको खोजीमा रुस नै पुगेका छन्।

युक्रेन छोडेर अन्य देश जाने युक्रेनबासीको संख्या 

१. पोल्यान्ड पुगेका युक्रेनी शरणार्थी ३१,१९,१९६

२. रोमेनिया पुगेका युक्रेनी शरणार्थी ८,५४,२९२

३. हङ्गेरी पुगेका युक्रेनी शरणार्थी ५,४५,३११

४. मोल्दोवा पुगेका युक्रेनी शरणार्थी ४,५०,७९७

५. स्लोभाकिया पुगेका युक्रेनी शरणार्थी ३,८८,२८२

६. बेलारुस पुगेका युक्रेनी शरणार्थी २५,८५२

देशभित्रै पनि विस्थापित

युक्रेनमा अन्य मानवतावादी संगठनसँग मिलेर राष्ट्रसंघले 'आवश्यकता' अनुसार सक्दो सहयोग गरिरहेको जिकिर गरेको छ।

यस्ता विभिन्न संगठनका माध्यमबाट देशभित्रै विस्थापित युक्रेनी जनतालाई खाना तथा बस्नका लागि रकम, बिस्तरा आदिको व्यवस्था गरिएको छ। विभिन्न माध्यमबाट प्रभावित क्षेत्रका जनताकालागि खाना, त्रिपाल, आदिको व्यवस्था गर्ने क्रम अझै जारी छ।

युद्ध प्रभावित क्षेत्रबाट करिब १२ लाख जनता अझै सुरक्षित स्थानतर्फ प्रस्थान गर्न सकिरहेका छैनन्।

(अलजजीरालगायतमा प्रकाशित सामग्रीबाट तयार पारिएको)

प्रकाशित: May 08, 2022| 15:30 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।