बिहीबार, फागुन २१, २०८२

श्रीलंका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

कोलम्बो- आर्थिक तथा राजनीतिक रुपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ। गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न संकटकाल लागू गर्नु परेको स्पष्ट पारेका छन्।

आर्थिक तथा राजनीतिक संकटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटका घोषणा गरेको हो। उनले सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि संकटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ।

आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन संकटकाल लगाउनुपरेको उनको भनाई छ।

सरकारले संकटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन्।  -एएनआई

kumari

प्रकाशित: May 07, 2022| 19:30 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।