बिहीबार, फागुन २१, २०८२

भारतमा २४ घण्टामा तीन हजार ५४५ कोरोना संक्रमित थपिए

भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

नयाँ दिल्ली- भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ। २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ३६५ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राजधानीमा पाँच हजार ७५६ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ। 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २ पुगेको छ। भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६८८ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ।    

 चौविस घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म तीन हजार ५४९ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ५१ हजार २५८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित: May 07, 2022| 05:00 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।