आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले उत्तर कोरियालाई सहयोग गरेको भन्दै बिटक्वाइन ‘मिक्सर’ कम्पनीमा प्रतिबन्ध लगाउने

अमेरिकाले उत्तर कोरियालाई सहयोग गरेको भन्दै बिटक्वाइन ‘मिक्सर’ कम्पनीमा प्रतिबन्ध लगाउने

अमेरिकाले हतियार कार्यक्रमलाई सहयोग गर्न उत्तर कोरियाली साइबर ह्याकिङ समूहले सेवा प्रयोग गरेको भन्दै शुक्रबार एक ‘भर्चुअल करेन्सी’ ‘ब्लेन्डर डट आइओ’ विरूद्ध प्रतिबन्धको घोषणा गरेको अमेरिकी अर्थ विभागले बताएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

वाशिङ्टन- अमेरिकाले हतियार कार्यक्रमलाई सहयोग गर्न उत्तर कोरियाली साइबर ह्याकिङ समूहले सेवा प्रयोग गरेको भन्दै शुक्रबार एक ‘भर्चुअल करेन्सी’ ‘ब्लेन्डर डट आइओ’ विरूद्ध प्रतिबन्धको घोषणा गरेको अमेरिकी अर्थ विभागले बताएको छ।

National life

अमेरिकी अधिकारीहरूले भनेका छन्, 'आभासी मुद्रा ‘मिक्सर’ मा अमेरिकी प्रतिबन्ध पहिलो हो र यसले विट क्वाइन र क्रिप्टोकरेन्सीजस्ता भर्चुअल मुद्रामा लेनदेन तथा सहभागीहरू लुकाउन प्रयोग गरिन्छ।' 

अधिकारीहरूले उत्तर कोरियाद्वारा पृष्ट पोषण गर्दै आएको साइबर ह्याकिङ समूह लाजरस ग्रुपले अनलाइन खेल ‘अक्सी इन्फिनिटी’ बाट ६२ करोड अमेरिकी डलर चोरेको बताएका छन्। यसले अवैध कोषको दुई करोड ५० लाख गैरकानूनी कोषलाई वैध बनाउन २०.५ मिलियन अमेरिकी डलरभन्दा बढी पयोग गरेको आरोप लागेको छ।

ब्लेन्डरलाई डेमोक्रेटिक पिपुल्ुस रिपब्लिक अफ कोरिया (उत्तर कोरिया) द्वेषपूर्ण साइबर गतिविधि र चोरी भएको भर्चुअल मुद्रालाई शुद्धिकरण गर्न सहयोग गरेको आरोप अमेरिकी ट्रिजरी विभागले लगाएको छ।

विभागले भनेको छ, 'अमेरिका र संयुक्त राष्ट्रसंघद्वारा लगाएका कडा आर्थिक प्रतिबन्धपछि आर्थिक समस्यामा रहेको उत्तर कोरियाले आम विनाश र क्षेप्यास्त्र कार्यक्रमको गैरकानुनी हतियार निर्माणको लागि रकम जोहो गर्न क्रिप्टोकरेन्सी एक्सचेन्ज र वित्तीय संस्थाहरूबाट साइबर सेवाको दुरूपयोगलगायतका अवैध गतिविधिहरूको सहारा लिएको छ।' 

kumari

यसको उद्देश्य गोपनीयता बढाउनु भए तापनि ब्लेन्डरजस्ता अवैध संस्थाहरूले यसको प्रयोग गर्नेगरेका विभागले बताएको छ। ब्लेन्डरलाई पाँच करोड अमेरिकी डलरभन्दा बढी मूल्यको बिटकोइन स्थानान्तरण गर्न प्रयोग गरिएको अमेरिकाले बताएको छ। ब्लेन्डरले उत्तर कोरियालाई सहयोग गर्नुको अलावा यस सेवाले रूसी–लिङ्क भएका कुख्यात साइबर समूहहरूलाई पनि समर्थन गरेको दावी अमेरिकी अधिकारीले गरेका छन्। 

प्रकाशित: May 07, 2022| 05:30 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।