बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तान्जानियामा नौ महिनायता सडक दुर्घटनामा एक हजारभन्दा बढीको मृत्यु

तान्जानियामा नौ महिनायता सडक दुर्घटनामा एक हजारभन्दा बढीको मृत्यु

सोही अवधिमा सडक दुर्घटनामा दुई हजार एक सय ३९ जना घाइते भएको गृहमन्त्री हमाद युसुफ मसौनीले जानकारी दिए। जुलाई २०२० देखि मार्च २०२१ सम्म एक हजार दुई सय २८ सडक दुर्घटनामा नौ सय ९९ जनाको मृत्यु भएको थियो।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

दार एस सलाम-  तान्जानियामा जुलाई २०२१ देखि मार्च २०२२ सम्म भएका एक हजार पाँच सय ९४ सडक दुर्घटनामा कम्तीमा एक हजार एक सय  ९१ जनाको मृत्यु भएको  एक क्याबिनेट मन्त्रीले बिहीबार संसदमा बताएका छन्।

सोही अवधिमा सडक दुर्घटनामा दुई हजार एक सय ३९ जना घाइते भएको गृहमन्त्री हमाद युसुफ मसौनीले जानकारी दिए। जुलाई २०२० देखि मार्च २०२१ सम्म एक हजार दुई सय २८ सडक दुर्घटनामा नौ सय ९९ जनाको मृत्यु भएको थियो।

जुलाई २०२० र मार्च २०२१ को बीचमा एक हजार दुई सय २८ सडक दुर्घटनामा नौ सय ९९ व्यक्तिको मृत्यु भएको थियो जसमा एक हजार पाँच सय ८९ जना घाइते भएका थिए। मन्त्री मसौनीले राजधानी डोडोमाको सदनलाई २०२२/२०२३ आर्थिक वर्षको लागि आफ्नो मन्त्रालयको बजेट प्रस्तावहरू प्रस्तुत गर्दा सो कुरा उल्लेख गरेका हुन्।

‘यस तथ्याङ्कले तीन सय ६६ सडक दुर्घटनामा वृद्धि भएको देखाएको छ जुन २९ दशमलव ८ प्रतिशतले बढेको छ’, मन्त्रीले भने। उनका अनुसार अधिकतर दुर्घटना लापरबाही, खराब सवारी साधन र खराब सडकका कारण हुने गरेको छ।

मसौनीले सडक दुर्घटनामा संलग्न रहेको भन्दै कारबाही स्वरुप प्रहरीले ८७ चालकको सवारी चालक अनुमतिपत्र खारेज गरेको र एक सय ४१ चालकको विभिन्न अवधिको सवारी चालक अनुमतिपत्र निलम्बन गरेको पनि बताएका छन्।        सिन्ह्वा

kumari


प्रकाशित: May 06, 2022| 22:30 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।