बिहीबार, फागुन २१, २०८२

अफगानिस्तानमा चरम भोकमरी

त्यो जनसंख्या देशको कूल जनसंख्याको आधाभन्दा बढी हो। करीब ९७ प्रतिशतभन्दा बढी अफगानी खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काबुल- अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ। दुई करोड बीस लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन्। त्यो जनसंख्या देशको कूल जनसंख्याको आधाभन्दा बढी हो। करीब ९७ प्रतिशतभन्दा बढी अफगानी खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ।  

गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ।

अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै  तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ। मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा तीन लाख ७६ हजार १३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ।

विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद-उल-फित्र (संसारभरका मुस्लिमहरूले ईद–उल–फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो संघर्षपूर्ण रह्यो।

इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ।

kumari

अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ। जसले गम्भीर आर्थिक संकट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ।     एएनआई

प्रकाशित: May 06, 2022| 22:11 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।