बिहीबार, फागुन २१, २०८२

भारतमा थप तीन हजार ५४५ कोरोनाका नयाँ संक्रमित

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः केही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

नयाँ दिल्ली- भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप संक्रमति भएपछि यहाँ कुल संक्रमितको संख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ। 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः केही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको छ। २४ घण्टाको समयावधी भएका यी नयाँ संक्रमितमध्ये एक हजार ३६५ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राजधानीमा पाँच हजार ७५६ सक्रिय संक्रमित रहेका पनि थप जानकारी दिइएको छ। 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार २ पुगेको छ। भारतभर अझै पनि सक्रिय संक्रमित १९ हजार ६८८ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिना यताबाट सक्रिय संक्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्ता यताबाट सक्रिय संक्रमति बढेको पाइएको छ।    

चौबिस घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म तीन हजार ५४९ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ५१ हजार २५८ जना सफलतापूर्वक कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।       -सिन्ह्वा


kumari

प्रकाशित: May 06, 2022| 21:30 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।