आइतबार, वैशाख १३, २०८३

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

गत अप्रिल २९ मा सो भवन भत्किएको थियो। सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

चाङ्सा- चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ। 

National life

गत अप्रिल २९ मा सो भवन भत्किएको थियो। सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ।

सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ। त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो। 

शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरू १० जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएका हुन्। यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।     -सिन्ह्वा

प्रकाशित: May 06, 2022| 13:13 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।