बिहीबार, कात्तिक १२, २०८३

सर्वाधिक कमाउने फिल्ममा केजिएफ-२ बन्यो दोस्रो

दक्षिण भारतीय फिल्म कोलार गोल्ड फिल्ड्स (केजिएफ) च्याप्टर-२ को चर्चा अझै घटेको छैन। हिन्दीमा डब भएर आएको केजिएफ-२ ले उत्तरमा गतिलै प्रभाव पारेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- दक्षिण भारतीय फिल्म कोलार गोल्ड फिल्ड्स (केजिएफ) च्याप्टर-२ को चर्चा अझै घटेको छैन। हिन्दीमा डब भएर आएको केजिएफ-२ ले उत्तरमा गतिलै प्रभाव पारेको छ।

किनकि हिन्दीमा स्वराङ्कन गरिएको केजिएफ च्याप्टर-२ ले बक्स अफिसमा आमिर खानको 'दंगल'लाई पछाडि पारेको छ।केजिएफ-२ बुधबार मात्रै सर्वाधिक कलेक्सन गर्ने दोस्रो फिल्म बनेको छ। 

हिन्दीमा आमिर खानको 'दंगल' सबैभन्दा बढी कमाउने सूचीमा थियो। दंगलको कमाइलाई पछि पारेको दक्षिण भारतीय फिल्म बाहुबली-२ पछि केजिएफ-२ दोस्रोमा प्रवेश गरेको छ।

केजिएफले गत बुधबारमात्रै ८.७५ करोड कलेक्सन गरेको थियो। यसरी हेर्दा फिल्मको कूल कलेक्सन ३९१.६५ करोड रुपैयाँ पुगेको छ। पहिलो बाहुबाली-२ (डब) दोस्रो केजिएफ-२ (डब) र तेस्रोमा दंगल हुनपुगेका छन्। 

केजिएफले दर्शक अझैँ तानिरहे पनि बाहुबली-२ भन्दा अगाडि जाने सम्भव भने न्यून रहेको छ। किनकि बाहुबाली-२ हिन्दी भर्जनमा मात्रै बक्स अफिस कलेक्सन पाँच सय करोडभन्दा बढी थियो। तर, केजिएफ-२ को चार सय करोड क्लबमा सहभागी हुने आकलन गरिएको छ।

सय करोड बजेटमा बनेको फिल्म तमिल, मलयालम, तेलगु, हिन्दी र कन्नड गरी पाँच भाषामा प्रदर्शन भइरहेको केजिएफ-२ ले कयौं कृतिमान कायम गरेको छ।

‘केजिएफः च्याप्टर-२’ पिरियड ड्रामा सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ’ को सिक्वेल हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्। प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।

प्रकाशित: May 05, 2022| 13:53 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।