शुक्रबार, असार ५, २०८३

चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको मृत्यु

चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा लिखु गाउँपालिका–८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जी रहेका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

ओखलढुंगा- चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा लिखु गाउँपालिका–८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जी रहेका छन्।

National life

उनको बुझबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएका थिए। 

उनीहरू अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो। 

उपचारको क्रममा देवबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ। मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ।

प्रकाशित: May 05, 2022| 13:05 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।