बिहीबार, कात्तिक १२, २०८३

बारामा चार हजार ५३८ जना उम्मेदवार चुनावी मैदानमा

विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख- अध्यक्षमा १७७, उपप्रमुख-उपाध्यक्षमा १२५ र वडाध्यक्ष ९३८ जना उम्मेदवार बनेका थिए।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

बारा- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन्। जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ।

प्रमुख-अध्यक्ष पदमा १९७, उपप्रमुख-उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला सदस्यका लागि ७५० जना चुनावी मैदानमा छन्।  निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगरप्रमुखका लागि १३ जनासहित ७५६ जना र सबैभन्दा कम प्रसौनी गाउँपालिकामा अध्यक्षमा १३ सहित १७७ जना उम्मेदवार बनेका छन्।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख- अध्यक्षमा १७७, उपप्रमुख-उपाध्यक्षमा १२५ र वडाध्यक्ष ९३८ जना उम्मेदवार बनेका थिए।

पुरुष वडा सदस्यमा एक हजार ५५४, महिला वडा सदस्यमा २६३, दलित सदस्यमा ७०२ जनासहित चार हजार २५९ जनाले उम्मेदवारी दिएका थिए। बारामा चार लाख २३ हजार ३२७ मतदाता छन्। पाँच सय ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

प्रकाशित: May 05, 2022| 11:51 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...