सोमबार, साउन २५, २०८३

टिभी हेर्न नपाएको झोकमा हजुरआमा हत्या

उदयपुरमा हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

उदयपुर- उदयपुरमा हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छन्। 

त्रियुगा नगरपालिका १३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी २४ वर्षीया ममता चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।

आफ्नै  घरमा गत चैत्र २३ गते मृतक सुखनीदेवीको शव शंकास्पद अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायका अनुसार प्रहरीले नातिनी ममतालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

मृतको शवको पोष्टमार्टम  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ। टेलिभिजन हेर्ने क्रममा हजुरआमा र नातिनीबीच कुराकानी हुँदै जादाँ विवाद उत्पन्न भएपछि नातिनीले घाँटी थिची हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

मृतकलाई खाटमा सुताई नातिनी भागेको भन्ने सूचनाका आधारमा अनुसन्धान थालेको प्रहरीले वैशाख १८ गते उनलाई पक्राउ गरेको जनाएको छ।

प्रकाशित: May 05, 2022| 10:50 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।