रौतहट- इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
वैशाख २१ गते चन्द्रपुर नगरपालिका-३ गैंडाटार कछडिया टोल बस्ने जितेन्द्र धामीको घरको आँगनमा पार्किङ गरेर राखेको प्रदेश २-०३-०१९ प २३६८ नम्बरको कालो/रातो रंगको २२० सिसि पल्सर मोटरसाइकल चोरि भएको थियो।
उक्त मोटरसाइकल चोरेको आरोपमा सर्लाहीको बागमती नगरपालिका- १ बस्ने लाल बहादुर घिसिङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि विकाश बैंक नजिकबाट चोरी भएको मोटरसाइकलसहित घिसिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका घिसिङलाई रौहट जिल्ला अदालत गौरबाट पहिलोपटक सात दिन म्याद गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।