सोमबार, साउन २५, २०८३

चितवनमा सत्ता गठबधन्धनको चुनावी सभास्थल जलमग्न

सत्ता गठबन्धनले चुनावी सभा गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ। गएरातिको वर्षाले चुनावी सभा स्थल जलमग्न भएको हो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

चितवन- सत्ता गठबन्धनले चुनावी सभा गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ। गएरातिको वर्षाले चुनावी सभा स्थल जलमग्न भएको हो।

सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन्। आमसभास्थल सजाउन राखिएका झण्डाहरू हुरीले उडाउँदा पानीमा डुबेका छन्। 

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।

सभामा सहभागी हुन प्रधानमन्त्री देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन्।

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्। 

भरतपुरमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेको तर्फबाट विजय सुवेदी प्रतिस्पर्धामा छन्।

प्रकाशित: May 05, 2022| 08:29 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।