शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुन्दरहरैँचामा एमाले उम्मेदवारको घरनजिक शंकास्पद वस्तु

सुन्दरहरैँचामा एमाले उम्मेदवारको घरनजिक शंकास्पद वस्तु

मोरङको सुन्दरहरैँचामा नेकपा एमाले उम्मेदवारको घरनजिक शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

विराटनगर- मोरङको सुन्दरहरैँचामा नेकपा एमाले उम्मेदवारको घरनजिक शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।

National life

सुन्दरहरैँचा नगरपालिका-११ शुक्रबारेस्थित वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक मकैबारीमा टेपले बाँधेर राखेको तार बाहिर निकालिएको अवस्थामा प्रेसर कुकर फेला परेको मोरङ प्रहरीको भनाइ छ। उनी एमालेबाट वडा सदस्यका उम्मेदवार हुन्। 

घटनास्थलमा प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं भन्ने पर्चासमेत भेटिएको छ। पर्चा सोही प्रेसर कुकरमा टेपले  बाँधेर राखिएको प्रहरीको भनाइ छ।

उक्त शंकास्पद वस्तु  कसले राखेको भने खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमला नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेर वरपर मानिस तथा सवारीसाधन आवतजावतमा रोक लगाएको छ। नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदैछ।

प्रकाशित: May 05, 2022| 08:22 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।