शुक्रबार, असार ५, २०८३

आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

देशका केही भूभागमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- देशका केही भूभागमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको महाशाखाले जनाएको छ। 

बिहीबार दिउँसो देशका पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थान बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १ , मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

Shivam cement

यतिबेला काठमाडौं उपत्यका सहित देशका केही स्थानमा वर्षा भइरहेको छ।

प्रकाशित: May 05, 2022| 07:06 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।