धनगढी- डोटीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। जिल्लाको पुर्वीचौकी गाउँपालीकाको साना गाउँमा बुधबार राति जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।